२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

राजीनामा दिने निर्णय भएको छैन : मन्त्री यादव

Nada
२०८१ असार २० गते १३:३४
Shares
राजीनामा दिने निर्णय भएको छैन : मन्त्री यादव

काठमाडौँ : नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । 

ncell

सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले परिवर्तित राजनीतिक घटनाक्रमअनुसार पार्टीले नयाँ ढङ्गले अगाडि बढ्ने निर्णय गरेको बताए । यद्यपि, पार्टीको पदाधिकारी बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने उनले बताए । तर, सो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीको आधिकारिक धारणा बनिनसकेको जानकारी दिए । 

पार्टीले विकसित राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने उनले बताए । मन्त्री यादवले भने, “पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, बैठक बसेर आवश्यक निर्णय हुन्छ ।”

यसअघि आज बिहान पार्टीका महासचिव राईले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने बताएका थिए । उनले प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने बताए। सोही जिज्ञासामा भर्खरै महासचिव राईले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने धारणा बनाएको र त्यसमा साँझसम्म पदाधिकारी बैठक बसेर निर्णय लिने बताए ।

ताजा खबर

सम्बन्धित खबर