२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

गौर भन्सारकाे राजस्व संकलनमा गिरावट, क्वारेन्टाइन नहुँदा समस्या थपिँदै

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत १६ गते ०९:४४
Shares
गौर भन्सारकाे राजस्व संकलनमा गिरावट, क्वारेन्टाइन नहुँदा समस्या थपिँदै

रौतहटः जिल्लाको सदरमुकाम गौर स्थित भन्सार कार्यालयमा लक्ष्यअनुसारको राजस्व संकलन हुन नसक्दा सरकारी आम्दानीमा गिरावट आएको छ। स्थानीय व्यवसायी र भन्सार अधिकारीहरूले यसको मुख्य कारण सदरमुकाम गौरमा क्वारेन्टाइन सुविधा नहुनु भएको बताएका छन्।

ncell

नेपाल–भारत सीमामा रहेको गौर भन्सार नाका हुँदै दैनिक ठूलो परिमाणमा मालसामान आयात–निर्यात हुने गर्दछ । तर, स्वास्थ्य परीक्षण तथा अन्य जाँचका लागि आवश्यक क्वारेन्टाइन सुविधा नहुँदा व्यापारिक गतिविधिमा समस्या देखिएको हो ।

गौर भन्सार कार्यालयले चालू आर्थिक वर्षमा तोकिएको राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको छैन । भन्सार स्रोतका अनुसार, विगतका वर्षहरूमा तुलनात्मक रूपमा राम्रो संकलन भए पनि अहिलेका महिनाहरूमा यो दर घट्दै गएको हो ।

भन्सार प्रमुखले भने, ‘हामीले तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न प्रयास गरिरहेका छौं, तर क्वारेन्टाइन सुविधा नहुँदा व्यवसायीहरू अन्य नाकाहरू प्रयोग गर्न बाध्य भएका छन्। यसले गौर भन्सारमार्फत हुने वैध व्यापारमा गिरावट आएको छ।’

स्थानीय व्यापारीहरूले पनि सीमामा उचित क्वारेन्टाइन व्यवस्था नहुँदा वैध व्यापार प्रभावित भएको गुनासो गरेका छन्। स्थानीय व्यवसायी रमेश गुप्ताले भने, ‘हामी आयात–निर्यात गर्दा सामानको अनिवार्य परीक्षण तथा अन्य प्रक्रिया पूरा गर्नुपर्छ। तर, गौरमा आवश्यक क्वारेन्टाइन सुविधा नहुँदा हामीलाई झन्झट हुन्छ, जसले गर्दा वैकल्पिक नाका खोज्नुपरेको हो ।’ 

क्वारेन्टाइन सुविधा नहुँदा व्यापारीहरू वैध प्रक्रियाबाट सामान ल्याउन हतोत्साहित हुने र अवैध तरिकाबाट आयात–निर्यात बढ्न सक्ने जोखिम रहेको विज्ञहरूको भनाइ रहेको हो । भन्सार प्रशासनले सीमा क्षेत्रमा अनुगमन कडा पार्ने प्रयास गरे पनि आवश्यक पूर्वाधार अभावका कारण समस्या समाधान गर्ने सकेको छैन।

ताजा खबर

सम्बन्धित खबर