२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

रैती शासन व्यवस्था फेरि ल्याउँछु भन्नु मुर्खता हो : मुख्यमन्त्री कँडेल

Nada
कुलेन्द्र शाही
२०८१ चैत २ गते २१:०८
Shares
रैती शासन व्यवस्था फेरि ल्याउँछु भन्नु मुर्खता हो : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता संचालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कर्णाली प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले व्यक्तिको कमजोरीलाई व्यवस्थामाथि थुपार्दा गणतन्त्रमाथि प्रश्न चिन्ह गर्नेले मौका पाएको बताए ।

ncell

मुख्यमन्त्री कँडेलले सत्ता संचालनमा देखिएको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको बताए । उनले भने,‘सत्ता संचालनमा केही कमजोरी होलान, नागरिकका अपेक्षित अपेक्षा पनि पुरा भएनन् होला, ती सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन ।’ मुख्यमन्त्री कँडेलले गणतन्त्रमाथिको प्रहार सत्ता संचालकमाथिको मात्रै प्रहारको रुपमा नबुझ्न पनि आग्रह गरे । अहिले व्यवस्थामाथिको प्रहारले सत्ता संचालकमाथि मात्रै देखिएपनि त्यसले नागरिक अधिकारमाथि नै धावा बोलेको उनको भनाइ थियो ।

जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र भएको बताउँदै मुख्यमन्त्री कँडेलले फेरि रैती शासन व्यवस्था ल्याउँछु भनेर लाग्नु मुर्खता भएको र त्यस्तो मुर्खता नगर्न उनले सुझाव दिए । उनले भने,‘जनताले लामो संघर्ष गरेर ल्याएको यो भन्दा अर्को उन्नत व्यवस्था छैन, कमजोरीहरु सच्चाउँ तर व्यवस्थामाथिको प्रहार बन्द गरौँ ।,’

ताजा खबर

सम्बन्धित खबर