२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

Nada
२०८१ असार १७ गते १६:४७
Shares
कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

काठमाडौं : नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् ।

ncell

अध्यक्ष केपी शर्मा ओलीले देवसहितका नेताहरुलाई सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गराएका हुन् ।

देव कांग्रेसबाट यसअघि राष्ट्रिय सभा सदस्य थिए भने उनी पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा संविधान सभा सदस्य पनि हुन् ।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट देव कांग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी एमालेबाट मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर