२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

Nada
२०८१ असार १७ गते १०:२४
Shares
रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

ncell

पार्टी अध्यक्षसमेत रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको छ ।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर