२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रचण्ड

shivam cement
मध्यान्ह
२०८१ असार १६ गते १६:४३
माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन् । आइतबार एकीकृत समाजवादीको दशौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताएका हुन्  ।

‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौँ’, उनले भने, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे तर आफूलाई अस्थिर भनेकामा भने चित्त दुखाए । आफूले मार्क्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रूपमा बुझेको भन्दै परिस्थिति हेरेर अघि बढ्ने गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विगतमा एउटै मोर्चामा रहँदा एकीकृत समाजवादी पार्टी र माओवादीबीच एकताबद्धको प्रयास भएको तथा नयाँ र परिमार्जित विचार महाधिवेशनले पारित गर्ने विश्वास व्यक्त गरे ।

यस्तै भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न भ्रष्टाचारका फाइल अगाडि बढाउने उल्लेख गर्दै उनले भने, “केही भएको छैन भन्ने निराशावादी भाष्य गलत छ, भविष्यमुखी, राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध छु ।” 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise