२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एकीकृत समाजवादीको महाधिवेशन शुरु

Nada
२०८१ असार १६ गते १५:४७
Shares
एकीकृत समाजवादीको महाधिवेशन शुरु

काठमाडौं : नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन शुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । 

ncell

महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी भएका छन् ।

नेकपा एमालेबाट भने कोही प्रतिनिधि सहभागी भएका छैनन् । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि देशभरबाट १८ सय भन्दा धेरै प्रतिनिधि आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर