२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

अध्यादेश पास भएरै छाड्छ : प्रधानमन्त्री ओली

draupadi film
सपना बोहरा
२०८१ फागुन ५ गते २१:५७
अध्यादेश पास भएरै छाड्छ : प्रधानमन्त्री ओली

दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश पास गरेरै छाड्ने बताएका छ्न् । नेकपा एमाले दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको कामलाई गति दिनका लागि अध्यादेश संसदबाट पास गर्नैपर्ने बताएका हुन् ।

देशको विकासका लागि सबै दलले अध्यादेश पासका लागि सहयोग गर्नुपर्ने उनले बताए । अहिलेको सरकार देशमा स्थिरता ल्याउनका लागि बनेकाले सरकार ढल्नेमा कुनै आशंका नगर्न समेत स्पष्ट पारे । 

देशको विकासका लागि, देशमा न्याय स्थापनाका लागि नेकपा एमालेको नेतृत्वमा सरकार बनेको उनले बताए । 'बजारमा सरकार ढल्ने हल्ला चलाउँदैमा सकरार ढल्दैन,' उनले भने, 'देशमा अस्थिरता कायम भयो भनेर हामी दुई ठूला दल मिलेर सरकार बनाएका हौं ।'

सहमति अनुसार १७ महिना कार्यकाल रहेकाले अब ७ महिनापछि राजनीनामा दिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने उनले बताए ।

उनले नेपाल अब सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै दाङको देउखुरीमा पनि सुरुङ मार्ग बनाउने योजना रहेको सुनाए । प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा दाङको विकासमा समस्या भएको बताएका थिए । 

जनताको सेवामा सक्रिय भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । 'अब हाइ काढेर बस्ने होइन, सक्रियता देखाएर मिसन २०८४ सफल पार्नुपर्छ,' उनले भने । देश बनाउने अभियानमा नेकपा एमालेलाई कसैले पनि रोक्न नसक्ने भन्दै उनले नकारात्मक टिप्पणी नगर्न अनुरोधसमेत गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise