२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

खनाल समूहको उम्मेदवार सार्वजनिक

Nada
२०८१ माघ २५ गते ०६:२०
Shares
खनाल समूहको उम्मेदवार सार्वजनिक

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको निर्वाचनका लागि फ्युजन इन्टरनेशनल प्रा.लि.का संचालक एवं संघका पूर्वप्रथम उपाध्यक्ष कुमुद खनालको नेतृत्वमा १७ सदस्यीय प्यानल सार्वजनिक भएको छ । खनाल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका निवर्तमान अध्यक्ष तथा संघका पूर्व प्रथम उपाध्यक्षसमेत हुन् ।

ncell

एशोसिएसनले संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिं गुरुङको अध्यक्षतामा ९ सदस्यीय प्यानल सार्वजनिक गरेपछि भएको असमझदारी समाधान नभएको भन्दै खनालको नेतृत्वमा उम्मेदवारको प्यानल सार्वजनिक भएको हो । एशोसिएसनको तर्फबाट अध्यक्षका आकांक्षीले बिहीबार अपराह्न बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला राखी उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

अध्यक्षका उम्मेदवार खनालले विधि, पद्धति, आदर्शको रक्षाका लागि आफ्नो नेतृत्वको प्यानल चुनावी मैदानमा आएको मध्यान्हलाई बताए । 

उक्त प्यानलको प्रथम उपाध्यक्षमा सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का संचालक तथा एशोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का संचालक तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का संचालक लक्ष्मण पौडेल, महासचिवमा हाल संघका सचिव रहेका डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का संचालक कर्णराज कटुवाल, सचिवमा अक्सन इन्टरनेशनल प्रा.लि.का संचालक ईश्वर सापकोटा र कोषाध्यक्षमा हाल एशोसिएसनकी कोषाध्यक्षको जिम्मेवारीमा रहेकी विनर एचआर सोलुसन प्रा.लि.की संचालक हिमा गुरुङ उम्मेदवार बन्ने सार्वजनिक गरिएको छ । 

कार्यसमिति सदस्यको उम्मेद्वारहरुमा शुभहारती मेनपावर प्रा.लि.का संचालक विक्रम श्रेष्ठ, उज्यालो ओभरसिज प्रा.लि.का संचालक चन्द्रप्रसाद लिम्बू, मार्स म्यानपावर प्रा.लि.का संचालक प्रकाश बोहोरा, सिल्भर कर्नर इन्टरनेशनल प्रा.लि.का संचालक कैलाश पाठक, राज ग्रुप अफ कम्पनीका संचालक राजकाजी भोलान, फाइन जब रिक्रुटमेन्ट प्रा.लि.का संचालक तोरण कार्की र एसएन रिक्रुटमेन्ट प्रा.लि.का संचालक विश्वास तिमिल्सिना उम्मेदवार बन्ने सार्वजनिक गरिएको छ । 

सो प्यानलको चुनावी संयोजकमा संघका महासचिव मेघनाथ भुर्तेल र सहसंयोजकमा तराई वैदेशिक रोजगार समाजका अध्यक्ष नवल किशोर यादव रहेका छन् । संघका पूर्वअध्यक्ष विमल ढकाल र संजय निरालालाई संरक्षक राखिएको छ भने निर्वाचन प्रचारप्रसार समितिमा चिरञ्जीवि बस्याल, किशोर केसी, शेषकान्त पुरी र भवानी निरौला रहेका छन् ।

प्यानलको आर्थिक समितिमा नारायण पराजुली, नरेन्द्रमणि पराजुली, देवी काफ्ले, कमल काफ्ले र नरेन्द्रबाबु राना रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर