२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लोकतान्त्रिक र गणतान्त्रिक व्यवसायीबीच चुनावी तालमेलको सहमतिमा हस्ताक्षर

Nada
२०८१ माघ २४ गते ११:५०
Shares
लोकतान्त्रिक र गणतान्त्रिक व्यवसायीबीच चुनावी तालमेलको सहमतिमा हस्ताक्षर

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि व्यवसायीहरूबीच तामलेल र ध्रुवीकरण देखिन थालेको छ । नेपाली कांग्रेसको शुभेच्क्षुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी केन्द्र निकट नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबीच चुनावी तालमेलको सहमति भएको छ । सहमतिअनुसार एशोसिएसन र मञ्चको संयुक्त प्यानलमा मञ्चको सिफारिसमा सचिव र दुई जना कार्यसमिति सदस्य उम्मेदवार बन्ने छन् ।

ncell

एशोसिएसनका अध्यक्ष दीपक थापा र वार्ता समिति सदस्य मछिन्द्र शेर्मा तथा गणतान्त्रिक मञ्चका तर्फबाट कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङ (दीपक), महासचिव कुन्छा दोर्जे दिमदोङ, सचिव बासुदेव पुडासैनी र वार्ता टोलीका सदस्य केदारनाथ अधिकारीबीच लिखित सहमति भएको छ । मञ्चका अध्यक्ष धनलाल जैसी राजधानी बाहिर रहेका कारण कार्यवाहक अध्यक्ष तामाङलाई मञ्चका तर्फबाट वार्ता कमिटीको सहसंयोजकको जिम्मेवारी दिएको बताइएको छ ।

मञ्चले यसअघि संघका पूर्वप्रथम उपाध्यक्ष रोज ओभरसिज प्रा.लि.का संचालक रामप्रसाद भान्तनाको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरेको थियो । तर एशोसिएसनसँग तालमेल भएपछि र आकृति रिक्रुटिङ प्रा.लि.का संचालक तथा मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङको नेतृत्वमा युनिभर्सल एचआर सोलुसन प्रा.लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि.की सञ्चालक रेखा शर्मा, इगल मेनपावर कन्सल्ट्यान्ट प्रा.लि.का संचालक कृष्ण ढकाल र रोजबर्ड एचआर प्रा.लि.का संचालक मेघबहादुर राउतमध्ये दुई जनालाई उम्मेदवार बनाउने सम्भावना छ । तर मञ्चका तर्फबाट निर्णय भइनसकेको बुझिएको छ ।

यसअघि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन‍बीच तालमेल भएको थियो । उनीहरूबीच संगठनको सिफारिसमा द्वितीय उपाध्यक्ष, सचिव र केही सदस्य उम्मेदवार बन्नेछन् । राप्रपा निकट प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले कसैसँग तालमेल नगर्ने बताएको छ । संसद्को चौथो  ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायी संगठित भइसकेका छैनन् । ठूला दल निकट व्यवसायीहरुले उनीहरूलाई ध्यान पनि दिएका छैनन् ।

ताजा खबर

सम्बन्धित खबर