२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लोकतान्त्रिकका महासचिव बस्नेतद्वारा राजीनामा

Nada
२०८१ माघ २१ गते ०६:२०
Shares
लोकतान्त्रिकका महासचिव बस्नेतद्वारा राजीनामा

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका महासचिव महेश कुमार बस्नेतले पदबाट राजीनाको घोषणा गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि एशोसिएसनबाट महासचिवमा उम्मेदवार बनाइएका बस्नेतले  एशोसिएसनको यसअघि गरिएको निर्णयमा पुनर्विचार हुने वातावरण बनेपछि राजीनामा दिने निर्णय गरेका हुन् ।

ncell

ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक बस्नेतले आफू संघको आगामी निर्वाचनका लागि महासचिवको  उम्मेदवारसमेत नबन्ने मध्यान्ह दैनिकलाई प्राप्त राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनको मोवाइल स्वीच अफ रहेका कारण थप प्रतिक्रिया लिने  प्रयास भने सफल हुन सकेन। एशोसिएसन अध्यक्षलाई सम्बोधन गरिएको राजीनामामा उनले आत्मिक शान्तिका राजीनामा गरेको भन्दै व्यवसायिक राजनीतिबाट तत्कालका लागि निष्क्रिय रहने बताएका छन् ।

उनी सहित बसेको एशोसिएसनको गतहप्ताको कार्यसमिति बैठकले संघको अध्यक्षमा संघका पूर्व द्वितीय अध्यक्ष भूवनसि गुरूङको  नेतृत्वमा प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्ष अलर्ट ओभरसिज प्रा.लि.का सञ्चालक  देब कुमार खोखालीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एशोसिएसनका अध्यक्ष दीपक थापाले आवेगमा आएको राजीनामा स्वीकृत नहुने भन्दै आफुले थप छलफल गर्न नपाएको बताए । अध्यक्ष थापाले महासचिव बस्नेतले एशोसिएसनको गत निर्वाचनमा व्यवसायीका अगाडि गरेको प्रतिवद्वता भुल्न नहुनेसमेत बताए ।

ताजा खबर

सम्बन्धित खबर