२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता सम्पन्न

Nada
तिलोचन गौतम
२०८१ माघ १८ गते २१:३२
Shares
दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता सम्पन्न

क्वालालम्पुर : मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको ‘दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता २०२५’ सम्पन्न भएको छ ।

ncell

मलेसियामा छरिएर रहेका नेपालीहरूलाई एकत्रित गर्ने, एकआपसमा मेलमिलाप र अप्ठ्यारोमा हातेमालो गर्ने र म्याग्दीको पहिचान देश विदेशमा पुर्‍याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको हो । उक्त प्रतियोगिताको चिनियाँ नयाँ वर्षको अवसर पारेर गत २९ तारिकमा प्रमुख अतिथि नेपाली दूतावासका प्रथम सचिव खिमानन्द भुसालले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा विभिन्न संघ संस्थाका पदाधिकारी, गैरआवासीय नेपाली संघ मलेसियाका सदस्य खेमराज खत्री, मलेसियास्थिति हिमालयन बैंकका प्रमुख प्रदीप आचार्यलगायतले उपस्थिति जनाएका थिए ।

No description available.

प्रतियोगितामा १३ टिमलाई पछि पार्दै नवलपुर भलिबल टिमले उपाधि हात पार्‍यो । जीएसको टिम दोस्रो भयो भने आयोजक मोना मलेसिया तेस्रो भयो । प्रथम हुने टिम नवलपुरले ३ हजार ३३३, दोस्रो हुनेले २ हजार २२२ र तेस्रो हुनेले १ हजार १११ मलेसियन रिंगेट पुरस्कार पए । 

सो कार्यक्रममा भाग्यशाली चिठ्ठा प्रतियोगिता पनि समावेश गरिएको थियोे । जसमा प्रथम हुँदै चिठ्ठा नं २१९ का पवन श्रेष्ठले आइफोन, चिठ्ठा नं ३८८ का इन्द्रबहादुर वाइबाले दोस्रो हुँदै सामसङ स्मार्ट फोन, चिठ्ठा नं ०३ का मोहन बुढा मगरले तेस्रो र चिठ्ठा नं १२७ का दिपककुमार मगरले चौथो हुँदै स्मार्ट वाच जित्न सफल भए ।

समापन कार्यक्रममा मोनाका सक्रिय सदस्यहरू, महासचिव केश रोका मगर, उपाध्यक्ष जोगलाल पुन, कोषाध्यक्ष छमबाहदुर शाही, महिला सदस्य रविना गरुङलगायतका पदाधिकारीहरूलाई अध्यक्ष पूर्णप्रसाद रोकालगायत संथापक अध्यक्ष रामचन्द्र केसी, विशिष्ट अतिथि तथा बागलुङ सेवा समाजका संथापक अध्यक्ष÷प्रवासी नेपाली मञ्चका महासचिव कृष्ण खड्का, संरक्षक बम सुनुवार, समाजसेवी पुकार पुनलगायतले सम्मान गरेका थिए । रामचन्द्र केसीको संचालनमा भएको कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमका सभापति मोना मलेसियाका अध्यक्ष पूर्णप्रसाद रोकाले आगामी दिनमा पनि मलेसियामा रहेका संघ सस्थासँगै हातेमालो गरेर अप्ठ्यारो र दुःख पीडामा परेका नेपालीलाई साथ सहयोग गरी एकआपसमा हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर