२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

संसद्को बैठकलाई प्रभावकारी बनाउनुपर्नेमा सांसद भट्टराईको जोड

Nada
२०८१ माघ १८ गते १६:१८
Shares
संसद्को बैठकलाई प्रभावकारी बनाउनुपर्नेमा सांसद भट्टराईको जोड

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताएका छन् ।

ncell

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले मुलुकको आवश्यकतालाई केन्द्रमा राखेर संसद्को यस अधिवेशनमा विभिन्न ४० वटा विधेयकलाई प्रभावकारी रुपमा अगाडि बढाउन सक्ने विश्वास व्यक्त गरे ।

वर्तमान सरकार गठन भएको छ महिनामा भएको उल्लेख गर्दै उनले सरकारले जनअपेक्षालाई समयमै सम्बोधन गर्दै परिणाममुखी निष्कर्षमा पुर्‍याउन क्रियाशील हुनमा विश्वास व्यक्त गरे । वर्तमान सरकारले राष्ट्रियस्वरुप ग्रहण गरेको उल्लेख गर्दै उनले यस अवधिमा जनतामा आशा जगाउने काम भएको, अर्थतन्त्रमा सुधार भएको बताए । 

सरकारले पछिल्ला दिनमा ल्याएका केही अध्यादेशका कारण लगानी विस्तार हुने वातावरण बनेको र विगतमा पनि त्यस्तो अभ्यास भएको उनको भनाइ थियो । अव्यवस्थित भूमिहीन र सुकुम्वासीलाई व्यवस्थित बसोबास गराउने लक्ष्यका साथ सरकारले अध्यादेश ल्याएको उनले बताए । 

लोकतन्त्रलाई बलियो बनाउने, गणतन्त्रलाई थप संस्थागत गर्ने, मौलिक हकलाई प्रभावकारी तवरले कार्यान्वयन गर्ने लक्ष्यका साथ आफूहरुले संविधान संशोधनको विषय अगाडि सारेको सांसद भट्टराईको तर्क छ । सरकार गठनका क्रममा नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषयलाई अगाडि सारिएको र त्यसले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । 

ताजा खबर

सम्बन्धित खबर