२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

देश दौडाहामा प्रचण्ड

draupadi film
जानकी पाठक
२०८१ माघ १५ गते ०६:३०
देश दौडाहामा प्रचण्ड

काठमाडौं : सत्ताबाट बाहिरिए लगत्तै प्रमुख प्रतिपक्षी दल  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश दौडाहामा छन् । पश्चिम नेपाल रहेका उनी सोमबार तेह्रथुम पुगे । नेताहरूका अनुसार प्रचण्ड अझै निरन्तर देशका विभिन्न ठाउँमा पुग्ने कार्यक्रम छ । प्रचण्ड सचिवालयका अनुसार विगत ६ महिनामा प्रचण्डले देशका विभिन्न ठाउँमा पुगेर ५० बढी कार्यक्रमलाई सम्बोधन गरिसकेका छन् । 

प्रचण्डले देश दौडाहाबाट दुई सन्देश दिन खोजिरहेका छन् । पहिलो– पार्टीभित्र अरु नेतामार्फत नभएर कार्यकर्तालाई सिधै भेट्ने । दोस्रो– आफूले सरकारमा रहँदा गरेको काम सुनाउँदै वर्तमान सरकारमाथि प्रश्न उठाउँदै पार्टीको पक्षमा जनमत बढाउने । 

प्रचण्डलाई भेट्न अर्काे नेताको साथ लिनुपर्छ भन्ने मानसिकता चेञ्ज गरेर प्रचण्ड तल्लो तहका नेता कार्यकर्ताहरूसँग सिधै भेटिरहेका छन् । त्यसक्रममा नागरिकबीचमा रहेर सरकारमाथि समेत खबरदारी गरिरहेका छन् । 

गत २८ असारमा प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रचण्ड प्रधानमन्त्रीबाट हटेका थिए । त्यसपछि पार्टीको आन्तरिक बैठक, विपक्षी दलहरू र समाजवादी मोर्चाको बैठकमा सक्रिय भए । यसबीचमा समय मिलाएर उनी देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । 

देश दौडाहाका क्रममा उनले नागरिकसँग मत अपिल समेत गरिरहेका छन् । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेण्डामा उभिने दाबी गर्दै उनले २०६४ को निर्वाचनमा जस्तै २०८४ मा पनि बहुमत दिन आग्रह गरिरहेका छन् ।

भदौ ५ र ६ गते बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठकमा सहभागी भएका थिए । भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा परामर्श बैठकमा सहभागी भए । 

भदौ ९ र १० गते गण्डकी प्रदेश परामर्श समिति बैठकमा सहभागी भए । भदौ १२ र १३ गते सुदूपश्चिम प्रदेश परामर्श समिति बैठकमा गए । 

भदौ १४ र १५ गते कर्णाली प्रदेशका परामर्श समिति बैठकमा सहभागी भए । भदौ १६ गते नेपालगञ्जस्थित रंगशालाको अवलोकनमा गए । भदौ १६ र १७ गते लुम्बिनी प्रदेश परामर्श समिति बैठकमा सहभागी भए । 

भदौ १८ गते महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को कार्यक्रममा सहभागी भएका उनी भदौ १८ र १९ गते पार्टीको तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठकमा रहे । 

भदौ २२ गते ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको १२ वर्षे मेलाको समापन कार्यक्रममा सहभागी भएका उनी भदौ २२ र २३ गते कोशी प्रदेश परामर्श समिति बैठकमा रहे । 

भदौ २४ गते उदयपुरमा पार्टीको कार्यक्रममा सहभागी भएका उनी भदौ २४ गते महोत्तरीको कार्यक्रममा गए । भदौ २४ र २५ गते मधेस प्रदेश परामर्श समिति बैठकमा सहभागी भए । 

भदौ २५ गते सिरहामा आयोजित कार्यक्रममा गए । भदौ २७ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ को कार्यक्रममा सरिक भए । 

भदौ २९ गते विराटनगरमा भएको सभामा सहभागी भए । भदौ ३० गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा गए । 

असोज २ र ३ गते ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परामर्श बैठकमा सहभागी भए । असोज १५ गते भक्तपुरमा आयोजित कार्यक्रममा भएका उनी असोज १६ गते काभ्रेमा बाढीपहिरो प्रभावित क्षेत्रमा अवलोकनमा गए । 

कात्तिक ३ गते चितवनमा जनयुद्धका वेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति सभामा सहभागी भएका उनी कात्तिक ५ गते जुम्ला गए । 

कात्तिक ९ गते मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी भएका उनी कातिक १५ गते भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगे । 

कात्तिक २४ गते मकवानपुरको विभिन्न कार्यक्रममा सहभागी भए, कात्तिक २८ गते कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्न पुगे । 

मंसिर ५ गते गोरखाको विभिन्न कार्यक्रममा सहभागी भए । 

मंसिर २५ गते चितवनको विभिन्न कार्यक्रममा सहभागी भए । 

मंसिर २७ गते धादिङको बेनिघाटमा आयोजित कार्यक्रममा सहभागी हुन पुगे । 

मंसिर २९ गते रुपन्देहीको आयोजित विभिन्न कार्यक्रममा सहभागी भए । पुस १३ गते कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभामा सम्बोधन गरे । 

पुस १५ गते झापामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । पुस १६ गते चितवनको भरतपुर महोत्सव कार्यक्रममा सहभागी भए । 

पुस १८ गते उदयपुरको विभिन्न कार्यक्रममा सहभागी हुन पुगे । 

पुस २९ गते सिन्धुपाल्चोकको सुकुटेको विभिन्न कार्यक्रममा सहभागी भए । 

माघ ५ गते विराटनगरको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको साथै विभिन्न कार्यक्रममा सहभागी भएका उनी माघ ७ गते गोरखाको विभिन्न कार्यक्रममा सहभागी हुन पुगे । 

माघ ८ गते चितवनको विभन्न कार्यक्रममा सहभागी भएका उनी माघ १० गते सुर्खेत तथा बाँकेमा विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका हुन् । त्यसैबाट उनी पश्चिम नेपालबाट सोमबार तेह्रथुम पुगे ।

ADV

सम्बन्धित खबर

Advertise