२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

दलीय जिम्मेवारी अझै मेरो छलफलको विषय बनेको छैन : पूर्वराष्ट्रपति भण्डारी

Nada
२०८१ माघ १४ गते २१:०३
Shares
दलीय जिम्मेवारी अझै मेरो छलफलको विषय बनेको छैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलीय जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताएकी  छिन् । सोमबार विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले दलीय जिम्मेवारी छलफलको विषय नबनेको बताएकी छिन् ।

ncell

उनले त्यसका लागि बेला नभएको बताउँदै अहिले नै पार्टी राजनीतिमा सक्रिय भइ हाल्ने बेला नभएकोले त्यो बेला आएपछि भन्ने बताइन् । 

उनले राष्ट्रले आवश्यकता महसुस गरे राजनीतिमा फर्किन सक्ने समेत बताइन् । ‘दलीय रूपमा रहेर जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा अहिलेसम्म म प्रवेश गरिसकेको छैन,’ उनले भनिन् ‘तर आफु जन्मेर हुर्केर आएदेखि एमाले भएको र जिम्मेवारी पनि त्यसरी नै पाएका कारण भोलि जाँदा पनि त्यतै जानु स्वभाविक हो ।’ 

पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा आबद्ध भएर अगाडि बढ्ने,नबढ्ने, कुन पार्टीमा बसेर अगाडि बढ्ने भन्ने कुरा फरक भएपनि राजनीतिबाट कोही पनि अछुतो नरहने बताइन् । उनले आफू हिजोपनि देशमा शान्ति, स्थायित्व र दिगो विकासको विषय आफ्नो चिन्ता र चासोको विषय बनाएर काम गरेको बताउँदै अहिले पनि शिक्षा, युवा, महिला र रोजगारीको विषयमा सक्रिय रूपमा आफूले उपस्थिति देखाएको बताइन् ।

सोमबार विराटनगर आएकी पूर्वराष्ट्रपति भण्डारीले मंगलबार इटहरीमा रहेको जनता माविको कार्यक्रममा सहभागी जनाउने धरान इन्जिनियरिङ क्याम्पसको कार्यक्रम तथा १६ गते बूढीगंगामा हुने चुडाकवि फाउण्डेसनले आयोजना गर्ने वादविवाद प्रतियोगिताको प्रमुख अतिथि तथा सोही दिन मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गर्ने योजना रहेको समेत जानकारी दिइन् । पूर्वराष्ट्रपति भण्डारी देशको सर्वोपरीलाई ध्यानमा राखेर काम गर्न सुझाव समेत दिएकी छिन् ।

ताजा खबर

सम्बन्धित खबर