२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

shivam cement
सत्यराज सिंह
२०८१ माघ १३ गते २०:३६
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बझाङ : बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन् । 

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गिरीले किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई  शनिबार राति नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए ।

गिरिलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जोशीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise