२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

Nada
सत्यराज सिंह
२०८१ माघ १३ गते २०:३६
Shares
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बझाङ : बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन् । 

ncell

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गिरीले किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई  शनिबार राति नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए ।

गिरिलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जोशीले बताए ।

सम्बन्धित खबर