२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लागुऔषधसहित पक्राउ

Nada
२०८१ माघ ८ गते २१:४५
Shares
लागुऔषधसहित पक्राउ

रौतहट : रौतहटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय प्रचण्डबहादुर थापा रहेका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार थापालाई चन्द्रपुर ४ बाट पक्राउ गरिएको हो ।

उनको साथबाट १ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । उनलाई लागुऔषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महतोले जानकारी दिए । 

सम्बन्धित खबर