२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nada
२०८१ माघ ६ गते १२:१८
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापाः १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ncell

कुमारले ती किशोरीलाई हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर