२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार भारतीय नागरिक पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ ३ गते २१:१८
Shares
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार भारतीय नागरिक पक्राउ

रौतहट : रौतहट प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा फरार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सितामढी जिल्लाको बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोइरी रहेका छन् ।

ncell

कोइरीले गत वैशाख ९ गते जिल्लाको परोहा नगरपालिका–२ तेजापाकडका ३० वर्षीय हिरामन महतोलाई माधव नारायण नगरपालिका ६ माधोपुरबाट अपहरण गरी भारत लगेका थिए । कोइरीले महतो परिवारसँग चार लाख रुपैयाँ फिरौती माग गरी फरार रहेका थिए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गर्न सफल भएको हो । कोइरीलाई सर्लाहीको सीमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ रहेको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए । 

यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका ४० जनालाई पक्राउ  गरेको हो । अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका ४० जना फरार प्रतिवादीलाई कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाए । पक्राउ पर्नेहरूमा २० वर्ष जेल सजाय सुनाइएका कर्तव्य ज्यानका आरोपीदेखि, किर्ते जालसाजी, बिगो जरिवाना र चोरी घटनासम्मका अभियुक्त रहेका छन् ।

सम्बन्धित खबर