२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

चरिकोटमा कुक तालिम सुरु

Nada
राजकुमार भुजेल
२०८१ पुष २८ गते २०:४४
Shares
चरिकोटमा कुक तालिम सुरु

दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा १४ दिने होटल (कुक) तालिम सुरु भएको छ । आइतबार होटल एम्ब्रोसियामा उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा तालिम सुरु भएको हो । 

ncell

तालिमको उद्घाटन प्रमुख अतिथि तथा भिमेश्वर नगरपालिका –६ का वडाध्यक्ष नविन लामाले गरेका थिए । उनले युवामा कुकको अवधारणा भएपनि यसलाई व्यावसायिक रुपमा सिकेर अघि बढ्न मद्दत मिल्ने बताए । तालिममा सीप सिकेर अझ सदरमुकाम चरिकोटका होटल तथा रेस्टुराँलाई व्यवस्थित रूपमा चलायमान बनाइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन जोड दिए । त्यस्तै सीप विकास तथा क्षमता अभिवृद्धिका लागि उनीहरुलाई तालिम प्रदान गर्न लागेको कार्यालयले जनाएको छ । तालिममा २५ जनाको सहभागिता रहेको छ ।

कार्यालय प्रमुख भास्कर ढुंगानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघका अध्यक्ष कुमार श्रेष्ठ, पूर्वअध्यक्ष विष्णु थापा, पत्रकार महासंघ दोलखाका पूर्वउपाध्यक्ष श्रीजनकुमार घिमिरे, प्रेस सेन्टर नेपाल दोलखाका सहसचिव राजकुमार भुजेल, तालिमका प्रशिक्षक रोशन भुजेल, संघ तथा कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर