२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा

Nada
२०८१ पुष २८ गते १३:३५
Shares
जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन इन्जिनियरविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं : जलस्रोत तथा सिँचाइ विभाग र त्यसअन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा ४ करोड ८८ लाख ३० हजार ३ सय २९ रुपैयाँ र चौवन्न पैसा बिगो कायम गरी मुद्दा दायर गरेको हो । 

ncell

अख्तियारले २०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठले २०७७ सम्म जागिर गर्दा ४ करोड ८८ लाख ३० हजार ३ सय २९ रुपैयाँबराबरको अकुत सम्पत्ति कमाएको जनाएको छ । 

अख्तियारले अन्य आयको स्रोत देखिए पनि ४ करोड ८८ लाख ३० हजार ३ सय २९ रुपैयाँबराबरको आयको स्रोत नदेखिएको भन्दै हदैसम्मको जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरेको हो ।

लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारहरूसँग  मितेमतो गरी कमिसन लिइ काठमाडौं ललितपुरलगायत विभिन्न  स्थानमा घर घडेरी  जग्गाहरू, गाडी खरिद तथा विभिन्न कम्पनीका सेयर तथा कम्पनीमा लगानी गरेको र विभिन्न व्यक्तिहरूको नाममा समेत जग्गा  जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उनीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा  श्रेष्ठले आम्दानी गरेको सम्पत्तिमध्ये ४ लाख ८८ लाख ३० हजार ३२९ रुपैयाँको स्रोत खुलाउन नसकेको अख्तियारले जनाएको छ ।

साथै श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरूपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति समेत जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
 

सम्बन्धित खबर