२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी (तस्बिरहरू)

Nada
२०८१ पुष २३ गते ११:१६
Shares
माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी (तस्बिरहरू)

काठमाडौंःगुलियो स्वाद आउने र जाडोलाई भगाउने चाकु बनाउन टोखास्थितको काशीलाल चाकु प्रोडक्शनलाई यतिबेला भ्याई नभ्याई छ। चाकु किलोको १४० र खुवाको चाकु ५०० किलो र कालो तिल र सेतो तिलको लड्डु ३०० किलोमा बिक्री भइरहेको छ। माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्। घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको मागअनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन्। 

ncell

परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन्। पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत् चाकु उत्पादन भइराखेको छ। २०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो र त्यस ठाउँलाई तुँख्यः अर्थात् उखुबारी भनिन्थ्यो। त्यही शब्द पछि अपभ्रंश भएर टोखा भएको स्थानीयको भनाइ छ। पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ। टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ। बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन्। 

‘हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने हो कि भन्ने चिन्ता बढेको छ’, व्यवसायी बुद्ध श्रेष्ठले भने। नयाँ पुस्ता यस व्यवसायमा आकर्षित नहुँदा जनशक्तिको अभाव भएको उनको भनाइ छ। अहिले चाकु बनाउन बाहिरबाट जनशक्ति ल्याउनुपर्छ। 

तस्बिरहरूः

ताजा खबर

सम्बन्धित खबर