२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

‘आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ’

Nada
२०८१ पुष २२ गते २१:५२
Shares
‘आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नुपर्ने धारणा राखेका हुन् । 

ncell

‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्यो, निर्यातका लागि पनि सोही अनुरुप नीति बनाउन र कार्यान्वयन गर्नु पर्छ, यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ’, उनले भने । 

अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने बताए । यस्तै अध्यक्ष ढकालले निर्यात प्रवद्र्धन र विदेशी लगानीका लागि विदेश स्थित नेपाली नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरुप टार्गेट दिन र सो अनुरूपको मुल्यांकन गर्न समेत आग्रह गरे । 

कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले दीगो आर्थिक विकासका लागि निर्यात प्रर्वद्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर