२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेपाल एसबिआई बैंकद्वारा ७ वटा नयाँ शाखा विस्तार

Nada
२०८१ पुष २२ गते २१:३८
Shares
नेपाल एसबिआई बैंकद्वारा ७ वटा नयाँ शाखा विस्तार

काठमाडौं : नेपाल एसबिआई बैंकले ७ वटा नयाँ शाखाको विस्तार गरेको छ । बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो । तनहुँको दुलेगौंडा शाखाको बैंकका अध्यक्ष जयती बन्सलले उद्घाटन गरेकी थिइन् ।

ncell

साथै, उनले दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारी चोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको कर्पोरेट कार्यालय कमलादीबाट भर्चुअल्ली उद्घाटन गरेकी हुन् । 

तनहुँमा भएको उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार दे, संचालक, पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पाण्डे, प्रमुख संचालन अधिकृत विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरू तथा ग्राहकहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकको विस्तारित नयाँ शाखाले ग्राहकहरूमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखिएको छ । हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर