२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

खुम्बु क्षेत्रमा उडान स्थगन

Nada
२०८१ पुष २१ गते १७:२१
Shares
खुम्बु क्षेत्रमा उडान स्थगन

काठमाडौं : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ । 

ncell

संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले आइतबारदेखि त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन भएको बताए । 

हेलिकोप्टर उडानले वातावरण तथा निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थानमा चुनौती थपिएको भन्दै १७ पुसदेखि उद्धारबाहेक पर्यटकका लागि हुने चार्टर उडान रोकिएको हो । यसैलाई सञ्चालन गर्न शुक्रबार गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसहित सरोकारवालाहरूको बैठक बसेको थियो । बैठकले प्रमुख जिल्ला अधिकारीलाई समस्या हल गर्न निर्देशन दिएको थियो ।

यसैबीच स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाहरूले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने जस्ता अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

१ जनवरीदेखि उनीहरूले त्यस क्षेत्रमा आपत‍्कालीन उडानबाहेक अरू उडान गर्न नपाइने भन्दै हाल खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले झण्डा गाडेर अवरोध गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर