२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

शिक्षकहरूलाई जाडो विदामा क्षमता विकासको तालिम लिन आग्रह (सूचनासहित)

shivam cement
मध्यान्ह
२०८१ पुष २० गते १६:१९
शिक्षकहरूलाई जाडो विदामा क्षमता विकासको तालिम लिन आग्रह (सूचनासहित)

काठमाडौं  ः काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई जाडो विदाको समयमा क्षमता विकास तालिममा सहभागी हुन आग्रह गरेको छ । महानगरपालिकाको शिक्षा विभागले शिक्षकको सीप अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित तालिम सञ्चालन गर्न लागिएको र त्यसमा सहभागी हुन आग्रह गरेको हो ।

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सञ्चालन हुने तालिमले शिक्षकहरूको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गर्ने योजना पनि विभागले अघि सारेको छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नु आवश्यक छ, त्यसैले यो तालिमको आयोजना गरिएको हो ।’

तालिमको समय विद्यार्थीको शैक्षिक क्रियाकलापमा असर नपर्ने गरी जाडो विदामा राखिएको छ । यसले शिक्षकलाई सिर्जनात्मक, एकीकृत, सीपमूलक, र व्यवहारमा आधारित शिक्षण शैलीमा दक्ष बनाउने लक्ष्य राखेको छ । 

शिक्षा विभाले २१ र २२ पुसमा कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी र अर्थशास्त्रका शिक्षकहरूको तालिम राखेको छ ।

यस्तै २७ पुसदेखि ७ माघसम्म कक्षा १० का इच्छुक विद्यार्थीहरूको लागि गणित, सामाजिक, विज्ञान, र अर्थशास्त्रलगायत विषयमा एसईई लक्षित सिकाइ कक्षा हुनेछ । यसैगरी, २४ पुसदेखि ४ माघसम्म पुस्तकरहित सिर्जनात्मक सिकाइ र सीपमूलक शिक्षाका फोकल शिक्षकहरूको तालिम हुनेछ भने ५ देखि ७ माघसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम राखिएको छ ।

२३ देखि २८ पुससम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताको तालिम हुनेछ भने २ देखि ७ माघसम्म कक्षा १ देखि ३ का शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम र निर्माणात्मक मूल्याङ्कनसम्बन्धी तालिम हुनेछ ।

यसैगरी, २४ पुसदेखि ८ माघसमम रचनात्मक विद्यालय विकास कार्यक्रमअन्तर्गत खेलकुद प्रशिक्षण हुनेछ ।

शिक्षा विभागका अनुसार यी तालिमहरूले शिक्षकको वृत्ति विकास मात्र होइन, विद्यार्थीको शैक्षिक नतिजा सुधार गर्न पनि सहयोग पु¥याउनेछ । 

सामुदायिक विद्यालयहरूको जाडो विदा १८ पुसदेखि ८ माघसम्म रहेको छ । यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार प्रयोग गरी विद्यार्थीहरूको सिकाइ, खेलकुद र अन्य गतिविधिमा सकारात्मक प्रभाव पर्ने गरी कार्यक्रमहरू तर्जुमा गरिएको शिक्षा विभागले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise