२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लक्ष्मी सनराइजद्वारा डिजिटल संवाद कार्यक्रम सम्पन्न

Nada
२०८१ पुष १८ गते २०:५९
Shares
लक्ष्मी सनराइजद्वारा डिजिटल संवाद कार्यक्रम सम्पन्न

काठमाडौं : लक्ष्मी सनराइज बैंकले सातै प्रदेशमा सञ्चालन गरेको डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ । छैटौँ वार्षिक डिजिटल डिसेम्बर अभियान अन्तर्गत सञ्चालित कार्यक्रममा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरण लगायतबारेमा छलफल भएको बैंकले जनाएको छ ।

ncell

कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ साधनहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिबद्धतालाई थप जोड दिएको बैंकको भनाइ छ । कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारिता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासबारे विविध समूहका सहभागीलाई जानकारी दिन प्यानल छलफल आयोजना गरिएको बैंकले जनाएको छ ।

११ डिसेम्बरमा गण्डकी प्रदेशको पोखरामा, १३ डिसेम्बरमा कर्णाली प्रदेशको सुर्खेतमा, १८ डिसेम्बरमा कोशी प्रदेशको इटहरीमा, २० डिसेम्बरमा मधेश प्रदेशको जनकपुरमा, २३ डिसेम्बरमा बागमती प्रदेशको हेटौँडामा, २४ डिसेम्बरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, २७ डिसेम्बर २०२४ लुम्बिनी प्रदेशको भैरहवामा र २९ डिसेम्बरमा बागमती प्रदेशको काठमाडौं उपत्यकामा संवाद कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यावसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्गता समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी लगायत सहभागी भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर