२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

ग्लोबल आइएमईको क्यूआर मर्चेन्ट लक्षित उपहार योजना

Nada
२०८१ पुष १८ गते २०:५८
Shares
ग्लोबल आइएमईको क्यूआर मर्चेन्ट लक्षित उपहार योजना

काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आबद्ध भएका क्यूआर कोड मर्चेन्टहरूलाई लक्षित उपहार योजना सार्वजनिक गरेको छ । बैंकले मर्चेन्टहरूलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरू सार्वजनिक गरेको हो ।

ncell

बैंक स्थापनाको १८औं वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा यो योजना पुस १८ गतेदेखि माघ १८ गतेसम्म सञ्चालनमा ल्याएको छ । यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आबद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरूले यस योजना अवधिमा १८० वा सो भन्दा बढी रूपैयाँको भुक्तानी फोनपे क्युआर कोडमार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रूपैयाँ क्यास्ब्याक प्राप्त गर्नेछन् र योजना अवधिभर क्युआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टहरूमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् ।

योजना अवधिभरमा ४ जना मर्चेन्टहरूले स्मार्टफोन जित्ने बैंकको भनाइ छ । साथै, बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना समयावधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर