२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

क्यान्सर पीडित गोलेलाई पोर्चुगलबाट आर्थिक सहयोग

Nada
भरत प्रधान
२०८१ पुष १६ गते २१:५०
Shares
क्यान्सर पीडित गोलेलाई पोर्चुगलबाट आर्थिक सहयोग

लिस्बन : क्यान्सर रोगबाट पीडित गायिका इन्दिरा गोले गुरुङलाई पोर्चुगलबाट आर्थिक सहयोग गरिएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलले रकम संकलन गरेर गायिका गोलेको उपचार सहयोगार्थ आर्थिक सहयोग गरेको हो ।

ncell

घेदुङले पोर्चुगलमा सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्तर्गत संकलित दुई हजार तीन सय ४५ यूरो अर्थात् रु.तीन लाख ३२ हजार पाँच सय ७९ नगद रकम पीडित गोलेलाई उपलब्ध गराएको हो ।

सहयोग रकम ‘इन्दिरा गोले बचाउ अभियान’ का संयोजक योगेश लामा र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तेनमार्फत गोलेलाई हस्तान्तरण गरिएको घेदुङ पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए ।

पीडित गोलेको आर्थिक अवस्था कमजोर रहेको र उनको उपचारमा थोरै भएपनि सहयोग पूगोस् भन्ने उद्देश्यले आर्थिक संकलन गरेर सहयोग रकम नेपाल पठाइएको तामाङले बताए ।

पीडित गोलेको उपचार सहयोगार्थ नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा ‘इन्दिरा गोले बचाउ अभियान’ सञ्चालन गरेर स्वदेश तथा विदेशमा आर्थिक सहयोग संकलन गरिएको थियोे । विगत दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी गोले हाल उपचाररत छिन् । 

लामो समयदेखि सांगीतिक क्षेत्रमा समर्पित रहँदै आएकी गायिका गोलेले तामाङ सेलो र नेपाली लोक तथा दोहोरी गीतहरुमा स्वर दिएकी छन् ।

ताजा खबर

सम्बन्धित खबर