२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अमेरिकी डलरसहित एक जना पक्राउ

Nada
२०८१ मंसिर २८ गते १२:४२
Shares
अमेरिकी डलरसहित एक जना पक्राउ

झापाः कमल गाउँपालिका–३ केर्खा चोकबाट स्रोत नखुलेको २९ हजार ७ सय अमेरिकी डलरसहित गौरादह नगरपालिका–५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश.१–०२–००१ ख ९५३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर