२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कजारिया टायल्सको ‘मैसन मिट २०२४’ सम्पन्न

Nada
२०८१ मंसिर २४ गते २१:२७
Shares
कजारिया टायल्सको ‘मैसन मिट २०२४’ सम्पन्न

काठमाडौं : कजारिया टायल्सले हालै काठमाडौंमा ‘मैसन मिट २०२४’ सम्पन्न गरेको छ । १५० जना भन्दा बढी राजमिस्त्रीहरू सहभागितामा नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल सहित कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

ncell

मैसन मिटको उद्देश्य राजमिस्त्रीहरूलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको कम्पनीले जनाएको छ । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरूलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरूको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी सो कार्यक्रमको आयोजना गरेको जनाएको  छ ।

काठमाडौंबाट सुरु भएको सो मैसन मिट छिट्टै नै नेपाल कम्तिमा पनि अन्य १६ ठाउँहरूमा समेत गरिने कम्पनीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको छनौटका साथ साथै दक्ष जन शक्तिको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।’

सम्बन्धित खबर