२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने

Nada
२०८१ मंसिर २१ गते २०:३३
Shares
युनियन मेवा हाइड्रोले आईपीओ निष्काशन गर्ने

काठमाडौं : युनियन मेवा हाइड्रो लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

ncell

लक्ष्मी सनराइज क्यापिटलले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार पाँच सय रुपैयाँ रकम बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेको छन् ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजना निर्माणाधीन करिब ३५ प्रतिशत कार्यसम्पन्न भईसकेको छ ।

सम्बन्धित खबर