२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

इसेवाको ब्राण्ड प्रवर्द्धकमा रोहितको निरन्तरता

Nada
२०८१ मंसिर १८ गते २१:४६
Shares
इसेवाको ब्राण्ड प्रवर्द्धकमा रोहितको निरन्तरता

काठमाडौं : इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो ।

ncell

गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यालयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

ब्राण्ड प्रवद्र्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।

इसेवाका सीईओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताएका थिए ।

सम्बन्धित खबर