२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेपाल एसबिआई मर्चेण्टको अध्यक्षमा विकास आनन्द चयन

Nada
२०८१ मंसिर १७ गते २२:०२
Shares
नेपाल एसबिआई मर्चेण्टको अध्यक्षमा विकास आनन्द चयन

काठमाडौं : नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् । बैंकिङ लिमिटेडको सञ्चालक समितिको बैठकले आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रूपमा मनोनित गरी पठाए बमोजिम सञ्चालकको रूपमा नियुक्त गरिएको हो ।

ncell

आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख संचालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुन लगायतका मामिला हेर्छन् ।  

आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण पनि गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकहरू राजेशकुमार पांडा, छपिराज पन्त, स्वतन्त्र सञ्चालक नन्दनहरि शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर