२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

Nada
२०८१ मंसिर ९ गते १३:२४
Shares
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं : प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

ncell

गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका हुन् ।​​

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सोमबारदेखि लागू हुने गरी अधिकारीले राजीनामा दिएका हुन् ।

अधिकारीलाई गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर