२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

खजुरामा कथा संग्रह कचहरीको लिइयो पाठक प्रतिक्रिया

Nada
२०८१ मंसिर ८ गते २१:१९
Shares
खजुरामा कथा संग्रह कचहरीको लिइयो पाठक प्रतिक्रिया

बाँके : बाँकेको खजुरामा कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया कार्यक्रम सम्पन्न भएको छ । कल्पना फाउण्डेसन नेपाल साहित्य विभागले पठन संस्कृतिको विकासको लागि कथाकार कल्पना पौडेल जिज्ञासुको पाँचौं कृति कचहरी कथासंग्र्रहको पाठक प्रतिक्रिया ज्ञानोदय माध्यमिक विद्यलायय खजुरामा सम्पन्न गरेको हो । 

ncell

फाउण्डेसनको साहित्य विभाग संयोजक लेकप्रसाद प्याकुरेलको अध्यक्षता र  प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ  शशिराम कार्की,खजुरा वडा नं.३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, फाउण्डेसनकी  संस्थापक अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा प्रज्ञाप्रतिष्ठान प्रज्ञा परिषद् सदस्य माधव शर्मा, ज्ञानोदय नमूना माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मानबहादुर भण्डारी, ज्ञानोदय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा कल्पना फाउण्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटा, वरिष्ठ गजलकार खगेन्द्र गिरि कोपिला, ज्ञानोदय बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख चरित्रा शाह, भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्यद्वय भरत बहादुर रानाभाट तथा चन्द्रावती अधिकारी, साहित्यकारहरूमा भीम प्रज्वल, अधिवक्ता तथा साहित्यकार भीम बहादुर शाही, इन्दिरा गौतमका साथै  दर्जन बढी विभिन्न माध्यामिक विद्यालयबाट आएका शिक्षक विद्यार्थीहरुसहित २५ जनाले कथा संग्रह कचहरीमाथि पाठक प्रतिक्रिया व्यक्त गरेका थिए । साहित्य  विभाग सदस्य बोधराज प्याकुरेलले कार्यक्रमको सञ्चालन गरेका थिए भने चरित्रा शाहद्वारा स्वागत मन्तव्य गरिएको थियो । उक्त  कार्यक्रममाथि ऋषिराम सापकोटाले प्रकाश पारेका थिए ।

प्रतिक्रियामा सहभागी पाठकहरुले कचहरीमा समावेश गरिएका १५ वटा कथाहरुले समाजमा व्याप्त गरिबी, लैंगिक विभेद, कुरीति कुसंस्कार, बेरोजगारी,जातीय विभेद, वृद्धअवस्थाका समस्या, दाइजो प्रथा, पुनःविवाह, बाल शोषण, महिला हिंसा जस्ता घटनाहरुको यथार्थ चित्रण गरिएको, समाजमा भए गरेका गलत अभ्यासहरूको आलोचना गर्दै त्यसको सुधारका पक्षमा केही सुझावहरु समेत सुझाइएका कारण कृति आलोचनात्मक यथार्थवादका कोणबाट पनि महत्वपूर्ण साबित भएको विचार प्रस्तुत गरिएको थियो । सरल, सरस र बोधगम्य भाषाशैलीका कारण सामान्य स्तरका पाठकहरूले पनि सजिलै रस आस्वादन  गर्ने कृतिका रूपमा कचहरीलाई औंल्याइएको उक्त कार्यक्रमका  केही वक्ताहरूले कथाले माग गरे अनुरुपको परिवेशको प्रयोग गर्दै वर्तमान परिवेशमा कथा लेखन परम्पराले अंगीकार गर्दै आएको नवीन धारलाई समेत समेट्दै अघि बढ्न कथाकारलाई सुझाएका थिए । 

ताजा खबर

सम्बन्धित खबर