२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

विवाद टुंगो नलाग्दा अस्पताल भवन बनेन

Nada
२०८१ मंसिर ८ गते ११:५५
Shares
विवाद टुंगो नलाग्दा अस्पताल भवन बनेन

पर्सा : विवाद टुंगो नलाग्दा पाँच वर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो । 

ncell

संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पताललाई पाँच सय शैय्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । 

अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उनले बताए । सर्वोच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका निम्ति निर्धारण गरेको जानकारी उनले दिए । 

वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रालि÷नेसनल डेभलपमेन्ट इञ्जिनियरिङबीचको विवाद सर्वोच्च पुगेको हो । 
 

ताजा खबर

सम्बन्धित खबर