२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पाकिस्तानबाट दशकौंपछि समुद्रको बाटो बंगलादेशतर्फ सामानको सिधा ढुवानी

Nada
२०८१ मंसिर २ गते १६:३९
Shares
पाकिस्तानबाट दशकौंपछि समुद्रको बाटो बंगलादेशतर्फ सामानको सिधा ढुवानी

काठमाडौंः पाकिस्तानबाट बंगलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । मालबाहक पानीजहाजमार्फत् बंगलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार एएफपीसँग बताउँदै भने, ‘पाकिस्तानबाट बंगलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो।’ 

ncell

सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए र त्यसपछि बंगलादेश पाकिस्तानको प्रतिद्वन्द्वी भारतसँग नजिक भएको थियो। तर गत अगष्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले बंगलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि उनी नयाँदिल्लीमा शरण लिन गेकी थिइन् ।

पनामाको ध्वजाबाहक युआन सियाङ फा झान नामक १८२ मिटर (५९७ फिट) लामो कन्टेनर जहाज पाकिस्तानको कराँचीबाट बंगलादेशको चटगाउँका लागि छुटेको र नोभेम्बर ११ मा सामान गन्तव्यमा पुगी झारिसकिएको चटगाउँ बन्दरगाहका उच्च अधिकारी ओमार फारुकले एएफपीसँग बताए । 

ढाकाका लागि पाकिस्तानका राजदूत सैयद अहमद मारुफले फेसबुकमा लेखेका छन्, ‘यो मार्गले दुवै तर्फका व्यवसायका लागि नयाँ अवसरलाई बढावा दिनेछ ।’ चटगाँउ बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) बाट सामानहरू ल्याएको थियो, जसमा बंगलादेशको प्रमुख गार्मेन्ट उद्योगका लागि कच्चा पदार्थ र आधारभूत खाद्य पदार्थहरू समावेश थिए।

गत सेप्टेम्बरमा बंगलादेशले पाकिस्तानी सामानको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको थियो । प्रतिबन्धले पहिले सामानको आगमनमा अनिवार्य भौतिक निरीक्षण अनिवार्य गरिएका कारण ढुवानीमा लामो ढिलाइ हुनेगरेको थियो । यसअघि, पाकिस्तानी सामानहरू बंगलादेश जानुअघि सामान्यतया श्रीलङ्का, मलेसिया वा सिङ्गापुरका फिडर जहाजहरूमा लोड गर्नुपर्थ्यो । (एजेन्सी)

ताजा खबर

सम्बन्धित खबर