२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरबीच मितेरी सम्बन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २९ गते ११:४८
लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरबीच मितेरी सम्बन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव

काठमाडौं : चीनको सिचुआन प्रदेशको औपचारिक भ्रमणमा त्यहाँ रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासँग मितेरी सम्बन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव राखेका छन् ।

देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पोलाई लुम्बिनी भ्रमणका लागि निम्तोसमेत दिए । यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको बीचमा मितेरी सम्बन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राखेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।

‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछि भएको छलफलमा मुख्यमन्त्रीज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नुभयो भने प्रदेशका नगरपालिकाहरुसँग मितेरी सम्बन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नुभएको छ,’ स्वकीय सचिव भुसालले मध्यान्हसँग भने, ‘मितेरी सम्बन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्नेबारे सकारात्मक छलफलहरु भएका छन् ।’

देयाङ औद्योगिक शहर हो । जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन् । देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारिक छलफल कार्यक्रम समेत राखेको थियो । उक्त कार्यक्रममा युरोप, मध्यपूर्व, एसिया, दक्षिण एसियालगायतका मुलुकका प्रतिनिधिहरु सहभागी थिए ।

छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन गएको हो ।

ADV

सम्बन्धित खबर

Advertise