२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीका १ सय ११ योजना कार्यान्वयनमा

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २८ गते २१:४२
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीका १ सय ११ योजना कार्यान्वयनमा

अर्घाखाँची : संघीय खानेपानी ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले  आर्थिक वर्ष २०८१/०८२ मा अर्घाखाँची, गुल्मी, पाल्पा गरी तीन जिल्लाका १ सय ११  आयोजनाहरु कार्यान्वयनमा ल्याएको छ । 

आयोजनाको कार्य क्षेत्रभित्र पर्ने तीन जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा जिल्लामा योजनाका कामहरु अहिले निरन्तर रुपमा अगाडि बढेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर अरुण खरेलले जानकारी दिए । 

खरेलका अनुसार तीन  जिल्ला हेर्ने यस आयोजनाको कार्यक्षेत्रभित्र  खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रम  अन्तर्गत अर्घाखाँचीमा १६ गुल्मीमा २८ पाल्पा मा १४ गरी ५८ योजनाहरु छन् भने खानेपानी गुणस्तर तथा सुधार कार्यक्रममा ८ योजना समावेश छन् ।  जलवायु अनुकुलित बृहत खानेपानी आयोजना २७ र  ढल निर्माण तथा प्रशोधन कार्यक्रममा तीन योजना  खानेपानी सरसफाइ सह–लगानी कार्यक्रममा २ योजना  तथा केन्द्रीय खानेपानी आयोजना १५ वटा गरी ३ जिल्लामा १ सय ११ योजना छनोटमा परेका थिए  ।  

तीन जिल्ला बहुवर्षीय योजनाहरु हाडेखोला चिदिका बृहत पम्पिङ खानेपानी योजना सुवणखाल सितापुर ठाडा   सिमलपानी खानेपानी योजना अर्घाखाँची बर्तुङ खानेपानी योजना, पाल्पा रेसुङ्गा खानेपानी योजना गुल्मीको काम यस आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न हुने र उपभोक्तालाई मिटरसहितको धारा जडान गरिने   आयोजना प्रमुख खरेलले मध्यान्हलाई जानकारी दिए । 

यी  योजनाहरुसहित साना योजना सम्पन्न हुँदा  अनुमानित यस वर्ष ३७९० परिवार  लाभग्राही तथा  ७७४ घरधुरीले खानेपानी १ घर १ धारा योजना अन्तर्गत   लाभान्वित हुने प्रमुख खरेलको भनाइ छ ।

योजनाहरु धेरै बहुवर्षीय छन् । यस आर्थिक वर्ष २०८१/०८२ मा श्रोत सुनिश्चितताका लागि दमकडा लिफ्ट खानेपानी आयोजना पाल्पा भुरुङ खोला, फुदबाङ खानेपानी योजना सन्धिखर्क खिल्जी साम्नेगाउ  बृहत खानेपानी योजनामा बजेट परेपनि उक्त रकम न्यून रहेकोले ठेक्का लगाउनका लागि अर्थमन्त्रालयमा सहमतिका लागि फाइल  पेस भएका छन् । अर्थमन्त्रालयले ठेक्का लगाउने सहमति दिएमा यस वर्ष बहुवर्षीय योजनाको रुपमा यी योजना कार्यान्वयनमा जाने प्रमुख खरेलले बताए । 

अर्घाखाँची जिल्लामा आयोजनाको मुख्य कार्यालय भएपनि अर्घाखाँची भन्दा योजनाहरु गुल्मी र पाल्पामा धेरै छन् । यस आयोजनामा  प्रमुखको रुपमा १ महिना अगाडि इन्जिनियर अरुण खरेलले जिम्मेवारी सम्हालेपछि  कामले दु्रत गति लिएको कार्यालयका लेखा प्रमुख बालकृष्ण भट्टराईले जानकारी दिए । आयोजना तीन जिल्ला हेर्ने  ठूलो कार्यालय  भएपनि यहाँ  दरबन्दी अनुसारका  कर्मचारीहरु  छैनन्  । कार्यालयमा  प्राविधिक कर्मचारी नभएको अवस्थामा थोरै जनशक्तिले गत वर्ष पनि ९२ प्रतिशत  आर्थिक र ८८ प्रतिशत भौतिक प्रगति   देखाउन कर्मचारी सफल भएका थिए ।  गत वर्ष २०८०/०८१  मा  संघीय खानेपानी ढल व्यवस्थापन कार्यालयको  उपलब्धी अन्य जिल्लाका आयोजनाको भन्दा राम्रो भएको संघीय खानेपानी मन्त्रालयको दाबी छ । कर्मचारीहरु अहिले पनि  दिन रात नभनी खटिएर काम शुरु गरेका छन् । 

‘तीन जिल्लामा फिल्ड हेर्नुपर्छ । म दैनिक फिल्डमा पुगेर गुणस्तरीय काम गराउनका लागि खट्ने गरेको छु । यो आर्थिक  वर्ष  मा १०० प्रतिशत प्रगति देखाउने गरी काम गर्ने लक्ष्य लिएको  छु,’आयोजना  प्रमुख खरेलले भने ।

उनले भने थपे, ‘म जहाँ जान्छु, त्यहाँ नमुना बनाउँछु । मैले भष्टाचार मुक्त शून्य सहनशिलता पारदर्शी कार्यालय बनाउने प्रयासमा छु ।’

विगतका वर्षमा लगाइएका वहुवर्षीय ठेक्काहरु पनि यो वर्ष आंशिक रुपमा सन्तोषजनक प्रगति भएको आयोजनाका  प्रशासन प्रमुख कृष्ण बर्माले बताए । 

बहुवर्षीय योजनाको काम पनि तीन  जिल्लामा  दु्रत गतिमा अगाडि बढिरहेका छन् । कार्यालय प्रमुखले राम्रोसँग काम गर्न सहजीकरण गर्ने गरेको कारण धेरै काम गर्न सजिलो भएको भूमीकास्थान नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष खगिश्वर पन्थीले दाबी गरे  । अर्घाखाँचीमा भन्दा धेरै ठूला योजनाहरु गुल्मी जिल्लामा छन् भने अर्घाखाँची जिल्लामा पनि ठूला योजनाहरुको काम अगाडि बढ्ने तयारीमा रहेको कार्यलयका  प्रशासन प्रमुख बर्माले बताउँछन् । बर्माले भने,‘कार्यालयमा डिभिजन इन्जिनियरसहित ४ जना इन्जिनियरको दरबन्दी भएपनि हालसम्म १ इन्जिनियर १ कार्यालय प्रमुखले तीन जिल्लाका १११ योजनाहरुको फिल्ड निरीक्षण गर्ने, बिल बनाउने नापजाँच गर्ने गरेका छन् ।

अर्घाखाँची जिल्लामा ढल व्यवस्थापनको समेत काम गर्ने गरी स्थापना भएको  यस आयोजनाबाट ढल निकासको काम खासै हुन नसकेको कर्मचारीहरु बताउँछन् । अर्थमन्त्रालयले ठेक्का निकाल्न सहमति नदिँदा तीन जिल्लाका ठूला योजनाहरु अलपत्र पर्ने गरेका छन् । गत वर्ष छत्रकोट बृहत पम्पिङ खानेपानी योजना गुल्मी तानसेन काली गण्डकी, पाल्पा बृहत पम्पिङ खानेपानी तथा  सरसफाइ योजना सम्पन्न हुँदा त्यहाँका  हजार घरधुरी लाभान्वित भएका छन् भने सबै साना योजना अहिले निरन्तर चलिरहेको योजना प्रमुख खरेलले मध्यान्हलाई जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise