२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

लुम्बिनी कांग्रेसको प्रमुख सचेतकमा ढकाल

सुर्य प्रसाद भुसाल
२०८१ असोज २३ गते १५:१५
लुम्बिनी कांग्रेसको प्रमुख सचेतकमा ढकाल

अर्घाखाँची : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा रुपन्देहीकी समानुपातिक सांसद जमुना ढकाल नियुक्त भएकी छन् । दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार प्रमुख सचेतकमा ढकाललाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा रहेका जन्मजय तिमिल्सिनाले साउन २१ गते राजीनामा दिएपछि रित्त पदमा ढकाललाई नियुक्त गरिएको हो । गत भदौ ३१ गते दल सचेतक निमा गिरीले पनि राजीनामा दिएकी थिइन् । खाली रहेको सचेतक पदमा पनि दशैंलगत्तै नियुक्त गरिने दलका नेता चौधरीले बताए ।

ADV

सम्बन्धित खबर