बाँके : साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाइँको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ ।
समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव कुरेर बसेको छ । “चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो”, मृतककी पत्नी निर्मलाले पीडा सुनाइन् । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहेका उनका भाइ बरुण पनि घर फर्किएका छन् ।
“एक महीनाको बिदा लिएर घर आएको हुँ”, उनले भने, “सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।” चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा थिए । गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर उनी साउदी फर्किएका हुन् । “कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भन्नु भएको थियो,” श्रीमान्सँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भनिन् । शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमान्कै अनुरोधमा जागीर छाडेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies