२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

‘लुसु’को छायांकन लमजुङमा हुँदै

Nada
२०८३ कार्तिक २७ गते १७:३५
Shares
‘लुसु’को छायांकन लमजुङमा हुँदै

काठमाडौं : जातकै कारण प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी–प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई कथावस्तु बनाइएको नेपाली कथानक चलचित्र ‘लुसु’को छायांकन आगामी मंसिर १ गतेदेखि लमजुङमा हुने भएको छ ।

चलचित्र निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आएका छन् । पदम विश्वकर्माको कथामा निर्माण हुन लागेको चलचित्रले जातीय विभेदका कारण प्रेममा उत्पन्न हुने संघर्ष, सामाजिक अवरोध र त्यसले सम्बन्धमा पार्ने असरलाई दमदार रूपमा उजागर गर्ने निर्माण पक्षले जनाएको छ ।

चलचित्रले वर्तमान सामाजिक परिस्थितिलाई यथार्थपरक ढंगले पर्दामा प्रस्तुत गर्ने निर्माता शेखर लामाले बताए । जातकै कारण प्रेममा आउने बाधा र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई चलचित्रमार्फत सशक्त रूपमा उठान गरिने उनको भनाइ छ ।

चलचित्रका निर्माता शेखर लामा रहेका छन् । चलचित्रको लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका हुन् । चलचित्रमा मन्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल लगायतको अभिनय रहनेछ ।

laxmi recruitement

सम्बन्धित खबर