२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

जनकपुरले चितवनलाई दियो ८९ रनको सामान्य लक्ष्य

Nada
२०८३ कार्तिक २७ गते १९:०३
Shares
जनकपुरले चितवनलाई दियो ८९ रनको सामान्य लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनायो ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १० रन जोडे ।

चितवनका रञ्जित कुमारले सर्वाधिक ३ विकेट लिए। कप्तान सिकन्दर राजा र कमिल मिसाराले २–२ विकेट लिँदा रिजन ढकाल र कमलसिंह ऐरीले समान १ विकेट हात पारे ।

हाल ५ खेलबाट ५ अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको जनकपुर ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

laxmi recruitement

सम्बन्धित खबर