२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

प्रहरी पोशाक खरिदबारे मंसिर १ देखि बयान लिइने

Nada
२०८३ कार्तिक १२ गते १५:५१
Shares
प्रहरी पोशाक खरिदबारे मंसिर १ देखि बयान लिइने

काठमाडौँ : निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्ष तथा क्षेत्रगत विज्ञहरूसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको उपसमितिको दोस्रो बैठकपछि संयोजक मनिष झाले कात्तिक ३० गतेसम्म अध्ययन तथा प्रमाण संकलन गरी आवश्यक प्रश्न तयार गरिने जानकारी दिए ।

उनका अनुसार मंसिर १६ देखि २० गतेसम्म प्रतिवेदन लेखनका लागि समय छुट्याइएको छ । उपसमितिले कसैलाई दोषी वा निर्दोष घोषणा गर्ने नभई तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकाल्दै सिफारिससहितको प्रतिवेदन तयार गर्नेछ ।

उपसमितिको कार्यावधि मंसिर २० गतेसम्म तोकिएको छ ।

सम्बन्धित खबर