२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

तिजको दरभन्दा पीडितको आँसु देखेर भावुक बनिन् एनआरएनए उपाध्यक्ष रोजिना

Nada
२०८३ भदौ २९ गते २०:४१
Shares
तिजको दरभन्दा पीडितको आँसु देखेर भावुक बनिन् एनआरएनए उपाध्यक्ष रोजिना

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राईले यसपटकको हरितालिका तिज बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका पीडित परिवारप्रति समर्पित गर्ने बताएकी छन् ।

रसुवा–नुवाकोटमा गएको भीषण प्राकृतिक विपत्तिले निम्त्याएको अकल्पनीय क्षति आफ्नै आँखाले देखेपछि तिजको रमाइलोभन्दा विपत्तिमा परेका परिवारको पीडा, आँसु र असहाय बालबालिकाको भविष्यले मन छोएको राईले बताएकी छन् ।

May be an image of one or more people and people smiling

सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले तिज हाम्रो संस्कार, उमंग र खुसीको पर्व भए पनि विपत्तिले धेरै परिवारको जीवनमा अन्धकार ल्याएको उल्लेख गरेकी छन् ।

“एकै क्षणमा जीवनसाथी गुमाएर विधवा हुनुभएका दिदीबहिनीहरू, अभिभावक गुमाएर टुहुरा बनेका बालबालिकाहरू र घर–सम्पत्ति तथा जीवनको आधार गुमाएका परिवारहरूको अवस्था देख्दा दरको थाल र तिजको उत्सव सम्झिनै सकिनँ,” उनले भनेकी छन् ।

उनले यसपटक आफ्नो तिज रसुवा–नुवाकोटका बाढी तथा पहिरो प्रभावित दिदीबहिनी, दाजुभाइ र बालबालिकाप्रति समर्पित रहेको बताएकी छन् ।

राईले आफ्नो तिजको दर पीडित परिवारका लागि राहत बन्न सकोस् र आफ्नो व्रत उनीहरूको जीवन छिट्टै सामान्य अवस्थामा फर्कियोस् भन्ने प्रार्थना बन्न सकोस् भन्ने कामना गरेकी छन् ।

“उहाँहरूको आजको पीडालाई भोलिको आशामा बदल्न सकूँ, यही मेरो तिजको संकल्प हो,” उनले सन्देशमा उल्लेख गरेकी छन् ।

May be an image of one or more people and beach

May be an image of one or more people

सम्बन्धित खबर