
काठमाडौं : गजलकार दम्पती राधा कणेल र घनेन्द्र ओझाका शब्द रहेको गीत 'हिक्कहिक्क बाडुली' सार्वजनिक भएको छ ।
'काव्या आचार्य' युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको गीतमा संगीत दीपक पाण्डेको छ भने काव्या आचार्य र विनोद दनुवारले सुमधुर स्वर दिएका छन् ।
गीतले परदेश गएको प्रेमी र घरदेशमा रहेकी प्रेमिकाको मिलनको अपेक्षा गरेको छ । परदेशमा प्रेमी प्रेमिकाको सम्झनामा छट्पटीमा छ भने घरदेशकी प्रेमिका प्रेमिको प्रतीक्षामा छ ।
पवन रानाभाटको संगीत संयोजन रहेको गीतलाई सञ्चयन र सम्पादन मनोज परियारले गरेका छन् ।