२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

आइसियूमा अन्तर्वार्ता प्रसारणबारे प्रेस काउन्सिलको ध्यानाकर्षण, अस्पताल र मिडियालाई पत्राचार

Nada
२०८३ भदौ २९ गते १७:०२
Shares
आइसियूमा अन्तर्वार्ता प्रसारणबारे प्रेस काउन्सिलको ध्यानाकर्षण, अस्पताल र मिडियालाई पत्राचार

काठमाडौं : अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचाररत बिरामीसँग लिइएको अन्तर्वार्ता सार्वजनिक भएको विषयमा प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । काउन्सिलले उक्त विषयमा सम्बन्धित अस्पताल र सञ्चारमाध्यमलाई औपचारिक पत्राचार गरेको जनाएको छ ।

काउन्सिलका अनुसार ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलमार्फत आइसियूमा उपचाररत बिरामीसँग लिइएको अन्तर्वार्ता प्रसारण भएपछि यसप्रति ध्यानाकर्षण भएको हो । उक्त सामग्री रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको छ ।

यसअघि पनि सगरमाथा क्षेत्रमा हराइरहेका एक पथप्रदर्शक सात दिनपछि फेला परेपछि, उपचाररत अवस्थामै आइसियूमा अन्तर्वार्ता लिइ ‘बिबिसी नेपाली’ बाट प्रसारण गरिएको सामग्रीप्रति समेत काउन्सिलले चासो देखाएको छ ।

काउन्सिलले यस्ता सामग्री पत्रकार आचारसंहिताभित्र परे–नपरेको विषयमा थप अध्ययन र अनुगमन गरिरहेको जनाएको छ । आवश्यक छानबिनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पनि समन्वय सुरु गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले स्वास्थ्य अवस्थासँग संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा नैतिक मापदण्डको कडाइका साथ पालना गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर