२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ सिंहदरबारबाटै पक्राउ

Nada
२०८३ भदौ २९ गते १६:४०
Shares
किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबारबाटै नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि संकटग्रस्त घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग आज छलफल गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट वैशाख २८ गते नै पक्राउ पुर्जी जारी भएका अध्यक्ष तामाङ पनि सहभागी हुन गएका थिए ।

सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त दरबारमार्गमा लगिएको जनाएको छ ।

सम्बन्धित खबर