२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

Nada
२०८३ भदौ २९ गते १५:१७
Shares
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएको छ ।

देउवा समूहका शीर्षनेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिए ।

संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संवोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गएिको हो । 

यसअघि पूर्वसभापति देउवा समूहले गत साउन २९ गतेदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनपछि संस्थापनइतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

संस्थापन पक्षले यस अघि नै पार्टीको १५औं महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । यसरी दुबै पक्षले छुट्टाछुट्टै १५औं महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुबै पक्षबाट कायमै राखेको देखिन्छ ।

सम्बन्धित खबर